ट्रेन्डिङ

नेपाल टेलिकमको सिमकार्ड ९० रुपैयाँभन्दा बढीमा बेचे कारबाही हुने, प्रहरीलाई खबर गर्न आग्रह

वीरगन्ज । नेपाल टेलिकमले आफ्ना प्रिपेड सिमकार्डको तोकिएको मूल्य ९० रुपैयाँभन्दा बढीमा बिक्री गरेमा गैरकानुनी हुने बताएको छ।

टेलिकमले यस्तो कार्य गर्ने बिक्रेतालाई कानुनको दायरामा ल्याउन आग्रह गर्दै ग्राहकहरूलाई नजिकको प्रहरी वा प्रशासन कार्यालयमा खबर गर्न अनुरोध गरेको छ। टेलिकमले बिहीबार एक सूचना जारी गर्दै प्रिपेड सिमकार्डको आधिकारिक मूल्य ९० रुपैयाँ हो।

यदि कुनै पनि बिक्री केन्द्र, पसल वा व्यक्तिले यसभन्दा बढी मूल्य लिएर सिमकार्ड बेचेको पाइएमा तुरुन्तै नजिकको दूरसञ्चार कार्यालय, जिल्ला प्रहरी कार्यालय वा जिल्ला प्रशासन कार्यालयमा जानकारी गराउन आग्रह गरेको छ ।

 

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै