वीरगन्ज । नेपाली महिला फुटबल टिमले फिफा वरीयतामा ऐतिहासिक छलाङ मारेको छ।
फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपालले १३ स्थान सुधार गर्दै ८७औं स्थानमा उक्लिएको हो। यसअघि नेपाल १००औं स्थानमा रहेको थियो।
नेपालले १२४८.८९ अंक जोड्दै आफ्नो इतिहासकै सबैभन्दा उच्च वरीयता हासिल गरेको हो। हालै सम्पन्न एएफसी छनोटमा नेपालको प्रदर्शनले वरीयता सुधारमा महत्त्वपूर्ण भूमिका खेलेको मानिएको छ। उक्त प्रतियोगितामा नेपालले लाओसलाई ९–० र श्रीलंकालाई ८–० को फराकिलो अन्तरले हराएको थियो। समूह चरणको अन्तिम खेलमा भने उज्वेकिस्तानसँग ३–३ को बराबरी खेलेको थियो, यद्यपि टाइब्रेकरमा भने ४–२ ले पराजित भएको थियो।
यो सफलता नेपाली महिला फुटबलको इतिहासमा एउटा ठूलो उपलब्धि हो।
