ट्रेन्डिङ

भन्सार छलीका सामान नियन्त्रणमा लिँदा सशस्त्र र तस्कर समूहबीच धनुषामा झडप, चार राउण्ड हवाइ फायर

जनकपुर । भारतबाट अवैध रूपमा भित्र्याइँदै गरेको किराना सामान नियन्त्रणमा लिने क्रममा धनुषामा सशस्त्र प्रहरी र तस्कर समूहबीच झडप भएको छ।

सशस्त्र प्रहरी बल मधेस प्रदेश कार्यालयका अनुसार बुधबार साँझ करिब ८:१५ बजे विदेह नगरपालिका क्षेत्रमा तस्करीका सामान नियन्त्रणमा लिँदै गर्दा भिडन्त भएपछि सुरक्षाकर्मीले चार राउण्ड हवाइ फायर गरेको हो।

सशस्त्र प्रहरीका मधेस प्रमुख डिआइजी कृष्ण ढकालले प्रहरी टोलीमाथि तस्कर समूहले ढुङ्गामुढा गर्न थालेपछि आत्मरक्षाका लागि गोली चलाउनुपरेको बताए।

“सामान नियन्त्रणमा लिँदा सुरक्षाकर्मीमाथि आक्रमण भयो, स्थिति नियन्त्रणमा लिन चार राउण्ड हवाइ फायर गर्नुपर्‍यो,” ढकालले भने।

झडपका क्रममा मानवीय क्षति नभएको र अहिले अवस्था सामान्य रहेको सशस्त्र प्रहरीले जनाएको छ।

सशस्त्र प्रहरीले भन्सार छलीका सामानसहित संलग्नलाई खोजी तीव्र बनाएको जनाएको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै