ट्रेन्डिङ

स्थानीयको प्रदर्शनपछि सप्तरी तनावग्रस्त, स्थिति नियन्त्रणमा लिन प्रहरीले चलायो ३ राउन्ड टियर ग्यास

सप्तरी । सप्तरीको राजगढ गाउँपालिका–२ मा प्रहरीको गोली लागेर लालु यादवको मृत्यु भएपछि त्यस क्षेत्रमा तनाव उत्पन्न भएको छ।

न्यायको माग गर्दै स्थानीयवासीले टायर बालेर सडक अवरुद्ध गर्दै प्रदर्शन गरेका छन्। स्थानीयको प्रदर्शनले उत्पन्न स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले तीन राउण्ड टियर ग्यास प्रहार गरेको छ ।

विरोध प्रदर्शनका क्रममा स्थानीयवासीले प्रहरीमाथि ढुङ्गामुढा प्रहार गरेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले ३ राउन्ड टियर ग्यास प्रहार गरेको सप्तरी प्रहरी प्रमुख गौतम केसीले बताए । घटनापछि त्यस क्षेत्रको स्थिति तनावपूर्ण रहेको छ।
मधेश प्रदेश प्रहरी प्रमुख उमाप्रसाद चतुर्वेदीका अनुसार, गए राति नेपाल–भारत सीमा क्षेत्रमा ठूलो मात्रामा मदिरा तस्करी भइरहेको सूचनाका आधारमा प्रहरी टोली परिचालन गरिएको थियो। तस्करी नियन्त्रण गर्ने क्रममा तस्करहरूको समूहले प्रहरीमाथि ढुङ्गामुढा प्रहार गरेपछि आत्मरक्षाका लागि प्रहरीले ७ राउन्ड गोली चलाएको थियो।

गोली लागेर घाइते भएका यादवलाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीले घटनास्थलबाट विभिन्न ब्रान्डका ८० कार्टुन अवैध मदिरा बरामद गरेको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै