ट्रेन्डिङ

बालसुधार गृहका बालबालिकालाई आत्मनिर्भर बनाउँदै मैनबत्ति तालिम

वीरगन्ज । वीरगन्जस्थित बालसुधार गृहमा रहेका बालबालिकाको भविष्य उज्ज्वल बनाउने उद्देश्यका साथ मैनबत्ति बनाउने तालिम प्रदान गरिएको छ ।

‘सानोपाइला’ संस्थाको आयोजना तथा ‘कोयष्ट फर्मा’ को आर्थिक सहयोगमा ‘प्रकाश प्रोजेक्ट’ द्वारा सञ्चालित सात दिने तालिम ञ्चिालन भइरहेको छ । पहिलो चरणमा बालसुधार गृहमा रहेका १५ जना बालबालिका तालिममा सहभागी भएका छन्। आयोजकका अनुसार, उनीहरूलाई सीपमूलक तालिम दिएर आत्मनिर्भर बनाउने र समाजमा पुनःस्थापनाका लागि तयार पार्ने यो कार्यक्रमको मुख्य लक्ष्य हो।

कार्यक्रममा बोल्दै प्रकाश प्रोजेक्टकी अध्यक्ष सुशमा गौतमले बालसुधार गृहमा रहेका बालबालिकाहरूले मनोवैज्ञानिक तनाव झेलिरहेकाले उनीहरूको आत्मविश्वास जगाउन र व्यावहारिक सीप सिकाउन तालिम सुरु गरिएको बताइन्। उनले भनिन्, ‘हामी चाहन्छौँ’ कि उनीहरूले यहाँ रहँदाको समय व्यर्थ नहोस्, बरु केही सिकुन् र भविष्य निर्माणतर्फ अघि बढून्।’

तालिमका प्रशिक्षक बिपिन उपाध्यायले सहभागीहरूलाई विभिन्न आकर्षक डिजाइनका मैनबत्ति बनाउने, ढाँचा तयार गर्ने, रंग संयोजन तथा मोम पगाल्ने प्रविधि लगायतका सीपहरू सिकाइने जानकारी दिए।

सानोपाइला संस्था र प्रकाश प्रोजेक्टको यो सहकार्यले बालअधिकार, सुधार र पुनर्स्थापनाको अभियानलाई थप सशक्त बनाउन योगदान पुर्‍याउने विश्वास आयोजकले लिएका छन्।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै