ट्रेन्डिङ

सप्तरीमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु, स्थानीयद्वारा प्रदर्शन

सप्तरी । सप्तरीको राजगढ गाउँपालिका–२ मा प्रहरीको गोली लागेर लालु यादवको मृत्यु भएपछि स्थानीयवासीले विरोध प्रदर्शन गरेका छन्। न्यायको माग गर्दै उनीहरूले टायर बालेर सडक अवरुद्ध गरेका छन्।

मधेश प्रदेश प्रहरी प्रमुख उमाप्रसाद चतुर्वेदीका अनुसार नेपाल–भारत सीमा क्षेत्रमा ठूलो मात्रामा मदिरा तस्करी भइरहेको सूचनाका आधारमा गए राति प्रहरीको टोली परिचालन गरिएको थियो। तस्करी नियन्त्रण गर्ने क्रममा तस्करहरूको समूहले प्रहरीमाथि ढुङ्गामुढा गरेपछि आत्मरक्षाका लागि प्रहरीले ७ राउन्ड गोली चलाएको थियो।

गोली लागेर घाइते भएका यादवलाई उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीले घटनास्थलबाट विभिन्न ब्रान्डका ८० कार्टुन अवैध मदिरा बरामद गरेको छ।

प्रहरीले सीमा क्षेत्रमा मदिरा तस्करी नियन्त्रणका लागि अभियानलाई अझ कडाइका साथ अगाडि बढाउने बताएको छ। घटनाको विषयमा थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै