ट्रेन्डिङ

राजेन्द्र महत्तो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीले चयन गर्यो पदाधिकारी

वीरगन्ज । राष्ट्रिय मुक्ति पार्टी, नेपालले आफ्नो अन्तरिम विधान २०८१ अनुसार केन्द्रीय पदाधिकारी तथा निकायहरूमा जिम्मेवारी तोकेको छ।

पार्टीको पहिलो केन्द्रीय कार्यसमितिको बैठकले गरेको निर्णयअनुसार केन्द्रीय अध्यक्ष राज महतोसहित विभिन्न पदमा पदाधिकारीहरूको चयन गरिएको हो।

पार्टीद्वारा जारी विज्ञप्तिमा पदाधिकारीहरूको नाम, पद र ठेगाना जिल्लाअनुसार क्रमबद्ध रूपमा उल्लेख गरिएको छ।

प्रमुख पदाधिकारीहरू:

  • अध्यक्ष: राज महतो (सर्लाही)
  • वरिष्ठ उपाध्यक्ष: कमला कुमार गौङ (पर्वत), रामनरेश राय यादव (सर्लाही), सुमन सायमी (काठमाडौं)
  • उपाध्यक्ष: कौशल कुमार सिंह (सिरहा), डा. राजीव कुमार झा (धनुषा), राज प्रसाद पाठक (धादिङ), ओम प्रकाश यादव (गुल्जार) (पर्सा)
  • महासचिव: केशव कुमार झा (सप्तरी), मङमार तामाङ (सिन्धुपाल्चोक), रमेश योङहाङ (सुन कुमार) (पाँचथर), सन्तोष कुमार महतो (सुनसरी), अनिल कुमार महासेठ (सिरहा)
  • कोषाध्यक्ष: नर बच्छाचार्य (काठमाडौं)

यसैगरी, पार्टीले विभिन्न केन्द्रीय निकायहरू पनि गठन गरेको छ:

केन्द्रीय अनुशासन समिति:

  • अध्यक्ष: सञ्जय कुमार सिंह (धनुषा)
  • सदस्य सचिव: चन्द्र खातुन सोनैया (सुनसरी)
  • सदस्यहरू: विकास बाबू (काठमाडौं), बेबी राजभण्डारी (ललितपुर), ओम प्रसाद कलवार (पर्सा)

केन्द्रीय निर्वाचन समिति:

  • अध्यक्ष: अरुण कुमार सिंह (सर्लाही)
  • सदस्य सचिव: बलराम वाग्ले (ललितपुर)
  • सदस्य: रीना धान जोशी (काठमाडौं)

केन्द्रीय लेखा परीक्षण समिति:

  • अध्यक्ष: राजेश कुमार यादव (पर्सा)
  • सदस्य सचिव: अनुप सायमी (काठमाडौं)

केन्द्रीय विधि समिति:

  • अध्यक्ष: इन्जिनियर नव धान (काठमाडौं)
  • सदस्य सचिव: प्रोफेसर कृष्णलाल यादव (सुनसरी)

पार्टीले सबै पदाधिकारीहरूलाई फरक-फरक पदअनुसार वर्णानुक्रममा राखिएको जनाएको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै