ट्रेन्डिङ

लायन्स क्लब अफ वीरगन्ज सेन्ट्रल सिटीद्वारा कपडा हस्तान्तरण

वीरगन्ज । लायन्स क्लब अफ वीरगंज सेन्ट्रल सिटीले सामाजिक उत्तरदायित्व अन्तर्गत आज एक महत्वपूर्ण सहयोग कार्यक्रम सम्पन्न गरेको छ।

क्लबका अध्यक्ष सुशिला साहको नेतृत्वमा वीरगन्जस्थित ‘कपडा बैंक’ लाई कपडाहरू हस्तान्तरण गरिएको हो। उक्त कार्यक्रम वीरगन्ज घण्टाघर नजिकै रहेको कपडा बैंकको कार्यालयमा आयोजना गरिएको थियो। कार्यक्रममा लायन्स क्लबका अन्य पदाधिकारीहरू तथा सदस्यहरूको समेत सक्रिय उपस्थिति रहेको थियो।

कपडा बैंकका तर्फबाट अध्यक्ष लालबाबु सिंहले कपडा सहयोग ग्रहण गरे। उनले गरिब तथा विपन्न वर्गका नागरिकहरूका लागि कपडा बैंक स्थापना गरिएको जानकारी दिंदै क्लबको यो सहयोगप्रति आभार प्रकट गरे। उनले भने, ‘वीरगन्ज कपडा बैंक विशेषगरी दुःखी, असहाय र विपन्न वर्गलाई लक्षित गरेर सञ्चालन गरिएको सामाजिक अभियान हो। यस्तो सहयोगले हाम्रो अभियानलाई अझ प्रभावकारी बनाउने छ।’

क्लब अध्यक्ष सुशिला साहले भनिन, ‘समाजमा परोपकारको भावना विस्तार गर्नु नै लायन्स क्लबको मूल उद्देश्य हो। हाम्रो क्लबले भविष्यमा पनि यस्ता सहयोगी कार्यहरूलाई निरन्तरता दिनेछ।’

कार्यक्रममा कपडा बैंकका सल्लाहकार एवं समाजसेवी प्रकाश उपाध्याय, श्रवनबहादुर रायमाझी, मनोज मिश्रा एवम् लायन्स क्लबका देवन्ती साह, गुडि जोशी लगायतकाहरूद्वारा कपडाहरू छानबिन गरी व्यवस्थित रूपमा हस्तान्तरण गरिएको थियो। उपस्थित वक्ताहरूले यस्ता कार्यहरूले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने उल्लेख गर्दै, निरन्तर सामाजिक उत्तरदायित्व बहन गर्न सबैलाई प्रेरणा मिल्ने बताएका थिए।

कार्यक्रम अन्त्यमा क्लब र कपडा बैंकबीच सहकार्यलाई थप सशक्त बनाउने प्रतिबद्धता समेत व्यक्त गरिएको थियो।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै