ट्रेन्डिङ

लाओसबाट ल्याइएको ७.८ किलो सेतो हेरोइनसहित दुई विदेशी पक्राउ

वीरगन्ज । ठूलो परिमाणमा लागुऔषध सेतो हेरोइनसहित दुई जना विदेशी नागरिकलाई लागुऔषध नियन्त्रण ब्यूरोले पक्राउ गरेको छ।

उनीहरूले लाओसबाट उक्त लागुऔषध नेपाल भित्र्याएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

ब्यूरोले उनीहरूबाट ७ किलो ८०० ग्राम सेतो हेरोइन बरामद गरेको छ। उक्त लागुऔषध झोला र सुटकेसमा लुकाएर ल्याइएको थियो। पक्राउ परेका व्यक्तिहरूको नाम र थप विवरण प्रहरीले सार्वजनिक गरेको छैन। ब्यूरोले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै