ट्रेन्डिङ

अब वैदेशिक रोजगारका विज्ञापन ‘श्रम संसार अनलाइनमा पनि अनिवार्य

वीरगन्ज । अबदेखि वैदेशिक रोजगारका सबै विज्ञापनहरू अनिवार्य रूपमा श्रम संसार रोजगार पोर्टल र एप मा पनि प्रकाशित गर्नुपर्ने भएको छ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गतको श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले यो नयाँ व्यवस्था लागू गरेको हो। यसअघि वैदेशिक रोजगार ऐन, २०६४ अनुसार राष्ट्रिय दैनिक पत्रिकामा विज्ञापन प्रकाशन गर्नुपर्ने व्यवस्था थियो, जुन कायमै छ। तर अब पत्रिकामा प्रकाशित विज्ञापनको सम्पूर्ण विवरण श्रम संसार पोर्टल (www.shramsansar.gov.np) मा पनि अनिवार्य अपलोड गर्नुपर्नेछ।

यसको मुख्य उद्देश्य नागरिकहरूलाई ठगीबाट बचाउनु र विज्ञापनको विश्वसनीयता सुनिश्चित गर्नु हो। श्रम संसार पोर्टललाई नागरिक एपसँग पनि जोडिएको हुनाले अब नागरिकहरूले आफ्नो मोबाइलबाटै सजिलै विज्ञापन हेर्न र त्यसको सत्यता जाँच गर्न सक्नेछन्।

विभागले साउन १३ गतेदेखि नै यो नियम लागू गरेको हो। यदि कुनै वैदेशिक रोजगार व्यवसायीले अनलाइनमा विज्ञापन अपलोड नगरेमा त्यसलाई अपूर्ण मानिनेछ र नियमानुसार कारबाही गरिने विभागले चेतावनी दिएको छ। यसले वैदेशिक रोजगार क्षेत्रलाई थप पारदर्शी र व्यवस्थित बनाउने विश्वास गरिएको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै