वीरगन्ज । सशस्त्र प्रहरी बल नेपाल, नं. १३ गण हेडक्वाटर पर्साका उपरीक्षक (एसपी) पुरन चन्द भट्ट र सशस्त्र प्रहरी निरीक्षक सुरेन्द्र राज खड्काले वीरगन्जस्थित मानवसेवा आश्रमको भ्रमण गरेका छन्।
उनीहरूले आश्रममा आश्रित वृद्धवृद्धालाई बिहानको भोजन खुवाएर सेवा पनि गरेका थिए। भ्रमणका क्रममा उपरीक्षक भट्ट र निरीक्षक खड्काले वृद्धवृद्धाहरूसँग कुराकानी गर्दै आत्मीयता प्रकट गरेका थिए। उनीहरूले सामाजिक उत्तरदायित्वअन्तर्गत भविष्यमा पनि व्यक्तिगत तथा संस्थागत रूपमा आश्रमलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।
यस कार्यक्रममा मानवसेवा आश्रम वीरगन्जका संस्थापक सदस्यहरू देवेश गुप्ता, ओम कुमार झा, मुना मगर पुलामी र प्रदुमन सर्राफको उपस्थिति रहेको थियो।