वीरगन्ज । उपकार सेवा नेपालले पर्साको पोखरिया नगरपालिका–२ स्थित लमरिया विद्यालयमा खानेपानीका लागि मोटर हस्तान्तरण गरेको छ।
सोमबार एक कार्यक्रमका बीच उपकार सेवा नेपालकी अध्यक्ष विधा देवी सरावगीले विद्यालयलाई उक्त मोटर हस्तान्तरण गरेकी हुन्।
विद्यालयका विद्यार्थी र स्थानीय बालबालिकाको स्वास्थ्य तथा शिक्षामा सुधार ल्याउने उद्देश्यले यो सहयोग गरिएको संस्थाले जनाएको छ। यसअघि पनि उपकार सेवा नेपालले सोही क्षेत्रका स्वास्थ्य चौकी र विद्यालयहरूमा पंखा वितरण गरेको थियो।
कार्यक्रममा अध्यक्ष सरावगीले आगामी दिनमा पनि यस्ता सामाजिक कार्यहरूलाई निरन्तरता दिने प्रतिबद्धता जनाएकी छिन्। विद्यालय परिवार तथा स्थानीयवासीले संस्थाप्रति आभार व्यक्त गरेका छन्।