ट्रेन्डिङ

कक्षा १२ को नतिजा आजै साँझ

वीरगन्ज । लामो प्रतीक्षापछि राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा आज (सोमबार) साँझ ५ बजे सार्वजनिक गर्ने तयारी गरेको छ।

बोर्डको बैठक बसेलगत्तै नतिजा प्रकाशन हुने जानकारी प्राप्त भएको छ। पछिल्लो समय शिक्षकहरूको आन्दोलन र त्यसले गर्दा परीक्षा सञ्चालनमा भएको ढिलाइले गर्दा विद्यार्थीहरूले लामो समयदेखि नतिजा कुरिरहेका थिए। गत वैशाख २१ गतेदेखि सञ्चालन भएको परीक्षामा ५ लाख ११ हजार ५ सय २५ विद्यार्थी सहभागी भएका थिए।

यस वर्षको नतिजाले लाखौं विद्यार्थी र अभिभावकहरूलाई राहत दिनेछ। सबै परीक्षार्थीहरूको भविष्यको मार्ग निर्धारण गर्ने यो नतिजाका लागि बोर्डले अन्तिम तयारी पूरा गरेको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै