ट्रेन्डिङ

मन्त्री गुप्तालाई राजीनामा गराएको घुस प्रकरणका बिचौलियामाथि एमालेको कारबाही

वीरगन्ज । नेकपा एमाले गण्डकी प्रदेश कमिटीले ‘लिची बगैँचा’ घुस प्रकरणको अडिओमा बिचौलियाको भूमिकामा देखिएका सुजन लामालाई निलम्बन गरेको छ।

यो निर्णय प्रदेश कमिटीको शनिबार र आइतबार बसेको बैठकले गरेको हो। एमाले गण्डकी प्रदेश कमिटीका सचिव धनन्जय दवाडीका अनुसार, घुस प्रकरणमा मुछिएका लामालाई मुद्दाको अन्तिम किनारा नलागेसम्मका लागि निलम्बन गरिएको छ। लामा प्रदेश कमिटीको सल्लाहकार परिषद् सदस्य थिए।

यस प्रकरणमा तत्कालीन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्तासँग लामाले घुसका लागि बार्गेनिङ गरेको अडिओ सार्वजनिक भएको थियो। सो अडिओ सार्वजनिक भएपछि मन्त्री गुप्ताले आफ्नो पदबाट राजीनामा दिएका थिए।

एमाले प्रदेश कमिटीले यसअघि लामालाई स्पष्टीकरण सोधेको थियो। उनको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै उनलाई निलम्बन गरिएको हो। यस्तै, यसै मुद्दामा मुछिएका प्रदेश विभाग सदस्य के गिरीलाई पनि निलम्बन गरिएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै