ट्रेन्डिङ

बीरगन्जको नेपाल राष्ट्रिय माविमा ८ थान सिलिङ पंखा वितरण

बीरगन्ज । उपकार सेवा नेपाल नामक संस्थाले बीरगन्जको एक विद्यालयमा सिलिङ पंखा वितरण गरेको छ । बीरगन्ज वडा नम्बर ३० लालपर्सास्थित एक विद्यालयमा संस्थाले पंखा वितरण गरेको हो ।

नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा आठ थान सिलिङ पंखा वितरण गरिएको आयोजकले जनाएको छ । जनमत पार्टी पर्साको पहल एवम् समन्वयमा विद्यालयलाई सिलिङ पंखा वितरण सामाजिक अभियान्ता प्रकाश थारुले बताए ।

विद्यालयमा सिलिङ पंखाको आवश्यकतालाई अध्यनजर गर्दै सिलिङ पंखा वितरण गरिएको उनले बताए ।

कार्यक्रममा संस्थाकी अध्यक्ष विद्या कुमारी सरावगी, जनमत पार्टीका पर्सा अध्यक्ष ओम प्रकाश सर्राफ लगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै