वीरगन्ज । नेपालमा औद्योगिक सामग्रीहरूको अनलाइन किनबेचलाई औपचारिक रूपमा अघि बढाउँदै ‘By Nepal’ नामक नयाँ डिजिटल प्लेटफर्मको शुभारम्भ गरिएको छ ।
यससँगै, नेपालमा निर्माण सामग्री, मेसिनरी, सुरक्षा उपकरण, बिजुली तथा मेकानिकल सामाग्रीहरू, कृषि उपकरणलगायतका औद्योगिक वस्तुहरूको सहज अनलाइन खरिद गर्न सकिनेछ ।
उद्घाटन समारोहमा प्रमुख अतिथिका रूपमा नेपाल उद्योग वाणिज्य महासंघ मधेश प्रदेश अध्यक्ष अशोक टेमानी, वीरगन्ज उद्योग वाणिज्य संघ वीरगन्ज अध्यक्ष हरी गौतम, व्यवसायी तथा साहित्यकार गणेश लाठ, उद्योगी व्यापारी, प्रविधिकर्मी र सरोकारवालाहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा अतिथिहरूले ‘बाई नेपाल’ जस्तो नवीनतम डिजिटल पहलले औद्योगिक क्षेत्रको आधुनिकीकरण र व्यावसायिक प्रक्रियालाई थप सहज बनाउने अपेक्षा व्यक्त गरे।
स्थानीय तथा अन्तर्राष्ट्रिय ब्रान्डहरूको उपलब्धता व्यवसायिक ग्राहकहरूलाई लक्षित सेवा छिटो, पारदर्शी र भरपर्दो आपूर्ति प्रक्रिया डिजिटल प्लेटफर्मले आयातमा निर्भरता घटाउने, स्थानीय उत्पादनको प्रवर्द्धन गर्ने र स्रोत तथा लागतको बचत गर्दै समयमै सामग्री प्राप्त हुने सुनिश्चित वातावरण निर्माण गर्ने लक्ष्य लिएको छ।
संस्थाका अध्यक्ष चन्दन सिंहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपस्थित प्रतिनिधिहरूले यस्तो डिजिटल प्लेटफर्मले विशेषतः मधेश प्रदेश र वीरगन्जजस्ता औद्योगिक केन्द्रमा आपूर्ति श्रृंखलालाई गति दिने, पारदर्शिता ल्याउने, तथा खरिद प्रक्रिया सरल बनाउने धारणा राखेका थिए ।