वीरगन्ज । जनमत पार्टीको जिल्ला पार्टी कार्यालयमा आयोजित नियमित पार्टी प्रवेश कार्यक्रममा वीरगन्जका विभिन्न वडा र छिपहरमाई गाउँपालिकाबाट ठूलो संख्यामा युवा तथा महिलाहरू पार्टीमा आबद्ध भएका छन्।
पार्टी प्रवेश गर्ने युवाहरूमा वीरगन्ज वडा नम्बर १४ का राकेश कोइराला, वडा नम्बर ७ का उज्ज्वल लामा, वडा नम्बर ४ का राजु बस्नेत, वडा नम्बर २४ का देव शंकर यादव, रोहित गिरि, प्रदीप यादव, वडा नम्बर ९ का अब्दुल आलम, वडा नम्बर १६ का रोहित यादव, वडा नम्बर ११ का मो. शाहरुख, वडा नम्बर १२ का मनोज साह र छिपहरमाई गाउँपालिका–३ का चन्देश कुमार लगायतका व्यक्तिहरू रहेका छन्।
यसैगरी, वीरगन्ज वडा नम्बर १४ बाट एक दर्जन महिलाहरू जनमत पार्टीमा प्रवेश गरेका छन्। प्रवेश गर्ने महिलाहरूमा नितु देवी, रीमा देवी, सरिता देवी, प्रमिला कुमारी देवी, सुमन कुमारी देवी, सुनिता देवी पटेल, पूनम पटेल लगायतका नामहरू समावेश छन्।
नवप्रवेशीहरूलाई जनमत पार्टीका जिल्ला अध्यक्ष ओमप्रकाश सरार्फ, केन्द्रीय सदस्यहरू विद्यालाल प्रसाद र रम्भा मिश्रा तथा प्रदेश सदस्य राजनारायण मिश्रालगायतका शीर्ष नेताहरूले सदस्यता वितरण गरी पार्टीमा स्वागत गरेका थिए।
कार्यक्रममा जनमत पार्टीका महानगर अध्यक्ष महादेव शर्मा, उपाध्यक्ष केदार पटेल, सचिव लोकेश कर्ण, क्षेत्रीय संयोजक गगन देव यादव, महानगर युवा संयोजक सञ्जय सिंह, साथै युवा नेताहरू निरञ्जन कुशवाहा, रोशन शाही, सहनवाज राकी, विजेन्द्र यादव, युवराज सिंह, गौरी शंकर पटेल, नितिम गिरि, रीना पटेल लगायतका नेता तथा कार्यकर्ताहरूको उल्लेख्य उपस्थिति रहेको थियो।