ट्रेन्डिङ

मोटरसाइकल चोरीमा सिन्धुलीका माओवादी युवा नेता स्याङ्तान जेल चलान

वीरगन्ज । सिन्धुली जिल्लामा राजनीतिक वृत्तमा परिचित एक युवा नेता, मरिण गाउँपालिका–४ का माओवादी वडा कमिटी अध्यक्ष टिकाराम स्याङ्तान मोटरसाइकल चोरीको अभियोगमा जेल चलान भएका छन्।

लामो समयदेखि फरार रहेका उनलाई सिन्धुली प्रहरीले पक्राउ गरी बुधबार जिल्ला अदालतमा बुझाएको थियो, जहाँबाट उनलाई हिजो नै कारागार चलान गरिएको जिल्ला अदालतका श्रेस्तेदार विदुरप्रसाद कोइरालाले जानकारी दिए।

३४ वर्षीय स्याङ्तानमाथि ३ वर्षअघि दुई वटा २२० सीसीको पल्सर मोटरसाइकल चोरी गरेको अभियोग थियो। यसै अभियोगमा उच्च अदालत पाटनले उनलाई दोषी ठहर गरेपछि उनी फरार सूचीमा थिए। स्थानीय खयरसाल माविका विद्यालय व्यवस्थापन समिति (विव्यस) अध्यक्ष समेत रहेका स्याङ्तान, माओवादी नेता तथा सांसद राजन दाहालका विश्वासपात्र मानिन्थे।

सिन्धुली प्रहरी उपरीक्षक लालध्वज सुवेदीले बताएअनुसार, सिन्धुली जिल्ला अदालत र उच्च अदालतको फैसलाअनुसार नै स्याङ्तानलाई पक्राउ गरी सजाय भुक्तानको प्रक्रिया अघि बढाइएको हो।

२०७९ सालमा दुई वटा मोटरसाइकल चोरीको अभियोगमा पक्राउ परेका स्याङ्तान २५ दिन हिरासतमा बसेपछि धरौटीमा छुटेका थिए। पछि जिल्ला अदालतबाट मुद्दा हारेपछि उनले उच्च अदालत पाटन गुहारेका थिए, तर उच्च अदालतले पनि जिल्लाकै फैसलालाई सदर गरिदिएको थियो। यससँगै अदालतको फैसला कार्यान्वयनका लागि उनलाई जेल चलान गरिएको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै