ट्रेन्डिङ

वीरगन्जमा बृहत वृक्षारोपण कार्यक्रम सम्पन्न, ७० बिरुवा रोपियो

वीरगन्ज । वीरगन्ज महानगरपालिकामा आज सामुदायिक प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत बृहत वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ।

वीरगन्ज महानगरपालिका कार्यालय, राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समिति भरतपुर चितवन र ग्रीनसिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्श नगरको संयुक्त आयोजनामा यो कार्यक्रम आयोजना गरिएको थियो।

बिहान ७ः४५ बजे सुरु भएको कार्यक्रममा वीरगन्ज महानगरपालिका वडा नं १६ बाईपास रोडको वैष्णवी मन्दिर चोकदेखि नयाँ बसपार्कसम्म विभिन्न प्रजातिका ७० वटा बिरुवा रोपिएको थियो। कार्यक्रमको उद्घाटन वीरगन्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहले गरेका थिए भने ग्रीनसिटी सामुदायिक सेवा केन्द्रका अध्यक्ष जयप्रकाश खेतानले अध्यक्षता गरेका थिए ।

कार्यक्रममा नागरिक समाजका अगुवाहरू, समाजसेवी, बुद्धिजीवी, सुरक्षा निकायका पदाधिकारीहरू, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू, सरकारी तथा गैरसरकारी संघसंस्थाका प्रतिनिधिहरू, सञ्चारकर्मीहरू र ग्रीनसिटी सेवा केन्द्रका पदाधिकारीहरू गरी करिब २५ जनाको उपस्थिति रहेको थियो।

बृहत वृक्षारोपण कार्यक्रमले वीरगन्जलाई हरियाली बनाउन र वातावरण संरक्षणमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

कार्यक्रममा वीरगन्ज महानगरपालिका मेयर राजेशमान सिंह, पर्साका एसपी गौतम मिश्र, राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समिति, भरतपुर, चितवनका किरण पौडेल, सशस्त्रका एसपी पुरन चन्द्र भट्ट लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै