वीरगन्ज । वीरगन्ज सीमाक्षेत्रमा तस्करी नियन्त्रणमा सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हेडक्वार्टर, पर्साले सक्रियता बढाएको छ।
गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक (एसपी) पुरन चन्द्र भट्टको नेतृत्वमा खटिएको टोलीले भारतबाट भन्सार छली गरी ल्याइएको करिब ६ लाख ७७ हजार ६३६ मूल्य बराबरको मोबाइल पार्ट्ससहित त्यस कार्यमा प्रयोग गरिएको भारतीय नम्बर प्लेटको मोटरसाइकल बरामद गरेको छ।
बरामद गरिएका सम्पूर्ण सामानहरू वीरगन्ज महानगरपालिका–१७ स्थित आईसीपी चोक क्षेत्रमा गरिएको विशेष अप्रेसनका क्रममा नियन्त्रणमा लिई वीरगन्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी कृष्ण सिंह पुजाराले जानकारी दिए ।