वीरगन्ज । उपकार सेवा नेपालले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत वीरगन्ज महानगरपालिका–७, कुम्हालटोल निवासी ५३ वर्षीय सुरज श्रेष्ठलाई खाद्यान्न सहयोग प्रदान गरेको छ।
लामो समयदेखिको रोगका कारण खुट्टा काट्नुपर्ने अवस्थामा पुगेका र हाल शारीरिक रूपमा निकै कमजोर भई अपाङ्गताको जीवन बिताइरहेका श्रेष्ठलाई आर्थिक कठिनाइबाट राहत दिन यो सहयोग गरिएको हो।
श्रेष्ठको आर्थिक अवस्था कमजोर भई हातमुख जोड्न समेत समस्या भइरहेको देखिएपछि उपकार सेवा नेपालले उनको घरमै पुगी दैनिक उपभोग्य खाद्यान्न सामग्रीहरू हस्तान्तरण गरेको छ। सहयोग सामग्रीमा एक बोरा (३० किलो) चामल, दाल, नून, आलु, प्याज, चिउरा, स्वाबिन, खाने तेल लगायतका वस्तुहरू समावेश थिए।
सहयोग कार्यक्रमको नेतृत्व उपकार सेवा नेपालकी अध्यक्ष विद्या कुमारी सरावगीले गरेकी थिइन्। कार्यक्रममा सामाजिक अभियन्ता प्रकाश थारू, सामुदायिक प्रहरी कुम्हालटोलका सचिव एवं समाजसेवी श्रवण बहादुर रायमाझी र रितेश गुप्ता लगायतको पनि उपस्थिति रहेको थियो।