ट्रेन्डिङ

प्रधानमन्त्री ओलीद्वारा तराई मधेसको सुख्खाग्रस्त क्षेत्रको अवलोकन (तस्बिरहरु)

वीरगन्ज । प्रधानमन्त्री केपी शर्मा ओलीले तराई–मधेसमा परेको सुख्खाको प्रत्यक्ष अवलोकन गरेका छन् ।

गम्भीर रुपमा देखा परेको वर्षा अभावले धान रोपाइँ प्रभावित भएपछि उत्पन्न संकटको अवस्थालाई बुझ्न प्रधानमन्त्री ओली आज तराई मधेस पुगेका हुन् ।

सरकारले यही साउन ७ गते बसेको मन्त्रिपरिषद बैठकमार्फत तीन महिनाका लागि मधेस प्रदेशलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ ।

सरकारले हाललाई सिँचाइ, खाद्यान्न सहायता र आकस्मिक राहतका कार्यक्रममार्फत प्रभावित क्षेत्रलाई सहयोग गर्ने तयारी गरिरहेको जनाएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै