वीरगन्ज । वीरगन्ज महानगरपालिकाले आफ्नो शैक्षिक क्यालेन्डर २०८२ मा रहेको वर्षे बिदाको मिति परिमार्जन गरेको छ।
महानगरपालिकाले आज एक सूचना जारी गर्दै यसअघि भदौ ६ गतेसम्म कायम गरिएको वर्षे बिदालाई छोट्याएर साउन १३ गतेदेखि साउन ३० गतेसम्म कायम गरेको जनाएको छ।
महानगरपालिकाका अनुसार, यसअघि नै गर्मी बिदा दिइसकेकाले सो बिदालाई समेत मिलान गरी नयाँ मिति तय गरिएको हो।
