ट्रेन्डिङ

पोखरामा अढाई वर्षपछि कोरोनाबाट मृत्यु, गण्डकीमा संक्रमण बढ्दै

वीरगन्ज । गण्डकी प्रदेशमा करिब साढे दुई वर्षपछि कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएको छ।

पोखराको चरक अस्पतालमा उपचाररत ७० वर्षीया एक महिलाको कोरोनाकै कारण मृत्यु भएको हो।

स्वास्थ्य निर्देशनालय गण्डकीका महानिर्देशक खिमबहादुर खड्काका अनुसार, ती महिलालाई श्वासप्रश्वासमा समस्या भएपछि अस्पताल भर्ना गरिएको थियो। असार २५ गते उनमा कोरोना संक्रमण पुष्टि भएको थियो भने, स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि साउन ४ गते उनको निधन भयो। मृतक महिलामा उच्च रक्तचाप र मधुमेहको समस्या पनि रहेको निर्देशनालयले जनाएको छ। उनको पीसीआर परीक्षण जनस्वास्थ्य प्रयोगशाला गण्डकीमा गरिएको थियो।

पछिल्लो समय गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या पुनः बढ्न थालेको छ। कास्कीमा ५ जना, बागलुङमा २ जना र स्याङ्जामा १ जना गरी कुल ८ जनामा कोरोना संक्रमण देखिएको छ। ‘प्रदेश जनस्वास्थ्य प्रयोगशाला, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको प्रयोगशाला र धौलागिरी अस्पताल बागलुङलगायतका संस्थामा कोरोनाको जाँच भइरहेका थिए र सामान्य खालका बिरामीमा पनि कोरोना फाट्टफुट्ट देखिएको थियो,’ महानिर्देशक खड्काले जानकारी दिए ।

निर्देशनालयले गण्डकीमा देखिएका संक्रमितहरूमा कोभिड–१९ पुष्टि भएको जनाएको छ। यो घटनाले प्रदेशमा फेरि कोरोना संक्रमणको जोखिम बढिरहेको संकेत दिएको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै