वीरगन्ज । धर्म र सेवाको अनुपम संगम, साउन महिनाको दोस्रो सोमबार वीरगन्जको ऐतिहासिक अलखिया मठ परिसरमा भक्तजनहरूले ठूलो राहत महसुस गरेका छन् ।
आज लायन्स क्लब अफ वीरगन्ज आदर्शनगरले मन्दिर दर्शनमा आउने भक्तजनहरूलाई निःशुल्क चिसो पानी वितरण गरेको छ ।
साउनका सोमबारहरूमा मठ–मन्दिरहरूमा दर्शनार्थीहरूको घुइँचो लाग्ने गर्छ, जसले गर्दा गर्मी र तिर्खाले भक्तजनहरूलाई समस्या हुने गर्दथ्यो। यही कुरालाई मध्यनजर गर्दै लायन्स क्लबले यो मानवीय पहल गरेको हो। ‘सर्वसाधारण र दर्शनार्थी भक्तजनहरूलाई चिसो पानी उपलब्ध गराउनु हाम्रो सामाजिक दायित्व हो,’ लायन्स क्लबका डिस्ट्रिक्ट एक्जिक्युटिभ चिफ तथा समाजसेवी प्रकाश बाहेतीले बताए । उनले यस्तो सेवाले समुदायमा सकारात्मक सन्देश जाने धारणा राखे ।
क्लबका अध्यक्ष सुरेश रुङटाको अध्यक्षतामा सम्पन्न यस कार्यक्रममा सचिव मनीष अग्रवाल, कोषाध्यक्ष दिपु रौनियार, सदस्य प्रदीप डालमिया, डिस्ट्रिक्ट एक्जिक्युटिभ चिफ प्रकाश बाहेती, भँवरलाल पारिख लगायत अन्य पदाधिकारी तथा सदस्यहरूको सक्रिय सहभागिता थियो।
क्लबको यस कार्यको सर्वसाधारणबाट समेत व्यापक प्रशंसा भएको छ। लायन्स क्लब अफ वीरगन्ज आदर्शनगरले आगामी दिनमा पनि यस्ता सामाजिक तथा सेवामूलक कार्यहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ। यो पहलले सामाजिक सेवाको महत्त्वलाई थप उजागर गरेको छ।