ट्रेन्डिङ

बारामा ५ किलो गाँजासहित एक भारतीय नागरिक पक्राउ

कलैया । जिल्ला प्रहरी कार्यालय बाराले ५ किलो लागूऔषध गाँजासहित एक भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ।

प्रहरी चौकी मुसहर्वाबाट खटिएको टोलीले आज बिहान करिब साढे ८ बजे बाराको विश्रामपुर गाउँपालिका वडा नं. ४ बलिरामपुर स्कुल नजिकैबाट उनलाई पक्राउ गरेको हो।

नेपालबाट भारततर्फ कालो झोला बोकेर शङ्कास्पद रूपमा जाँदै गरेका एक व्यक्तिलाई रोकी खानतलासी गर्दा उनको झोलाभित्र लुकाइएको ५ किलो गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायव उपरीक्षक ९(डिएसपी) विजयराज पण्डितले जानकारी दिए।

पक्राउ पर्ने व्यक्ति भारत, सितामढी जिल्ला, डुमरा बस्ने २९ वर्षीय सावन शर्मा रहेको प्रहरीले जनाएको छ। पक्राउ परेका शर्मामाथि थप अनुसन्धान भइरहेको प्रनाउ पण्डितले बताए।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै