ट्रेन्डिङ

सप्तरीमा ३८८ किलो गाँजासहित एक महिला पक्राउ

सप्तरी । सप्तरीमा प्रहरीले ठूलो परिमाणमा प्रतिबन्धित लागूऔषध गाँजासहित एक महिलालाई पक्राउ गरेको छ।

जिल्लाको राजगढ गाउँपालिका वडा नम्बर ३, नर्घो गाउँबाट आइतबार ३८८ किलो ७३० ग्राम गाँजासहित ४१ वर्षीया रेखा कुमारी मण्डललाई नियन्त्रणमा लिइएको हो।

जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार, रामकेवल मण्डलको घरमा लागूऔषध गाँजा लुकाइछिपाइ राखेको भन्ने गोप्य सूचनाका आधारमा सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले घरमा खानतलासी गरेको थियो। खानतलासीका क्रममा मण्डलको निर्माणाधीन शौचालयबाट २ बोरा, गोठबाट १ बोरा र घर नजिकैको बाँसको झाङबाट ९ बोरा गरी कुल १२ वटा बोरामा राखिएको गाँजा बरामद भएको प्रहरी प्रवक्ता डीएसपी जितेन्द्र कुमार बस्नेतले जानकारी दिए।

पक्राउ परेकी रेखा कुमारी मण्डल र बरामद भएको गाँजालाई ईलाका प्रहरी कार्यालय कल्याणपुरको नियन्त्रणमा राखी थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै