ट्रेन्डिङ

विद्या सदन माध्यमिक विद्यालयमा ‘अन्तर सदन राखी बनाउने प्रतियोगिता’ सम्पन्न

वीरगन्ज । विद्या सदन माध्यमिक विद्यालय, मुर्ली, वीरगन्ज–१२ मा ‘अन्तर सदन राखी बनाउने प्रतियोगिता–२०८२’ हर्षोल्लासपूर्वक सम्पन्न भएको छ ।

नेपाली परम्परा, सृजनशीलता र कला प्रवद्धन गर्ने उद्देश्यले आयोजना गरिएको सो कार्यक्रमको पुरस्कार वितरण समारोहमा वेलनेस तथा लाइफस्टाइल ट्रेनर श्रीमती स्वेटा महेश्वरी प्रमुख अतिथि रहेकी थिइन् ।

प्रतियोगिता कक्षा विभाजन अनुसार तीन समूहमा सञ्चालन गरिएको थियो — समूह ‘ए’ कक्षा (१–३), समूह ‘बि’ (कक्षा ४–७), र समूह ‘सि’ (कक्षा ८–१०) । विद्यार्थीहरूले सृजनशीलता, संस्कृति र प्रेमको झल्को दिने रचना प्रस्तुत गरेका थिए ।

प्रतियोगिताको नतिजा यस प्रकार रहेको छः
समूह ‘ए’
प्रथमः स्नेहा कुमारी चौहान (कक्षा तीन बि) – ग्रीन हाउस
दोस्रोः मो. जिशान शेख (कक्षा ३ बि) – ब्लु हाउस
तेस्रोः सलाउद्दिन राइन (कक्षा १ बि) – ब्लु हाउस

समूह ‘बि’
प्रथमः पवन कुमार गुप्ता (कक्षा ७ बि) – ग्रीन हाउस
दोस्रोः अंशुमान कुमार गुप्ता (कक्षा ५ बि) – ब्लु हाउस
तेस्रोः करीना खातुन (कक्षा ७ बि) – येलो हाउस

समूह ‘सि’
प्रथमः चिरञ्जीवी शर्मा (कक्षा ९) – येलो हाउस
दोस्रोः आफरिन प्रविन (कक्षा ९) – ग्रीन हाउस
तेस्रोः अञ्जली कुमारी पटेल (कक्षा ९) – ब्लु हाउस

मुख्य अतिथि महेश्वरीले विद्यार्थीहरूको सिर्जनशील प्रयासको उच्च प्रशंसा गर्दै यस्ता कार्यक्रमहरूले विद्यार्थीमा कला, संस्कार र आत्मविश्वास विकास गर्न सहयोग पुर्याउने बताइन् ।

कार्यक्रमका प्रमुख अतिथि, विद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरुले विजेतालाई प्रमाण पत्र तथा मेडल वितरण गरेका थिए । विद्यालयका प्रधानाध्यापक लाल बहादुर गुरुङ्गले सम्पूर्ण विजेता तथा सहभागी विद्यार्थीहरुलाई धन्यबाद ज्ञापन गर्दै यस्ता कार्यक्रमहरू निरन्तर रुपमा सञ्चालन गरिने प्रतिबद्धता जनाएका थिए । कार्यक्रमको संयोजन शिक्षिका सञ्जना गिरीले गरेकी थिइन् ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै