ट्रेन्डिङ

साउन लाग्दा पनि मधेशमा आधाभन्दा कम क्षेत्रमा मात्र रोपाईँ

जनकपुरधाम । यस वर्ष देशभर धान रोपाइँ सुस्त गतिमा भइरहेको बेला मधेश प्रदेशमा भने खडेरी र सिँचाइको अभावका कारण धान रोपाइँले निकै ढिलो गति लिएको छ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको कृषि विभागको पछिल्लो तथ्याङ्कअनुसार, साउन ४ गतेसम्म मधेश प्रदेशको कुल धान खेतीयोग्य भूभागको जम्मा ४६ प्रतिशतमा मात्र रोपाइँ सम्पन्न भएको छ। सामान्यतयाः जेठको अन्तिमदेखि धान रोपाइँ सुरु हुने भए पनि, मधेशका किसानहरूले यस वर्ष सिँचाइको अभावका कारण ठूलो समस्या भोगिरहेका छन्।

बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रका अनुसार, मधेश प्रदेशमा ३ लाख ७२ हजार ६ सय ४५ हेक्टर क्षेत्रफल धान खेतीयोग्य भए पनि हालसम्म १ लाख ७४ हजार ५ सय ८ हेक्टर क्षेत्रफलमा मात्र रोपाइँ सकिएको छ। यो गत वर्षको यही अवधिको तुलनामा निकै कम हो, जबकी गत वर्ष देशभर ८४.६ प्रतिशत रोपाइँ भइसकेको थियो भने यस वर्ष देशभरको औसत ७२.१४ प्रतिशत मात्र छ।

मधेश प्रदेशमा पर्याप्त वर्षा नहुनु र सिँचाइको भरपर्दो व्यवस्था नहुनुले यस वर्ष धान उत्पादनमा नकारात्मक असर पर्न सक्ने चिन्ता बढेको छ। किसानहरू आकाशे पानीको भरमा परेकाले समयमा रोपाइँ गर्न सकेका छैनन्, जसले गर्दा धान उत्पादनमा कमी आउने जोखिम बढेको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै