ट्रेन्डिङ

प्रधानमन्त्री ओली सेप्टेम्बर १६ मा भारत भ्रमणमा जाने, सम्बन्ध सुधारको अपेक्षा

वीरगन्ज । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी सेप्टेम्बर १६ मा भारतको औपचारिक भ्रमण गर्ने भएका छन्।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री ओली दुई दिने भ्रमणका लागि नयाँ दिल्ली प्रस्थान गर्ने परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ। उनी सेप्टेम्बर १७ मा स्वदेश फर्कने कार्यक्रम छ।

२०८१ असार ३० गते प्रधानमन्त्री बनेका ओलीले पदभार ग्रहण गरेलगत्तै भारत भ्रमण गर्ने इच्छा व्यक्त गरे पनि भारतीय पक्षबाट निम्तो आउन ढिलाइ हुँदा भ्रमण हुन सकेको थिएन। नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धन सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्री ओलीको यो भ्रमणलाई दुई देशबीचको सम्बन्धमा देखिएको चिसोपन हटाउने र विश्वासको वातावरण पुनः स्थापित गर्ने अवसरका रूपमा हेरिएको छ।
यस भ्रमणले नेपालभारत सम्बन्धमा नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै