ट्रेन्डिङ

ठोरी वृद्धाश्रममा खाद्यान्न तथा सामग्री प्रदान

वीरगन्ज । पर्सास्थित ठोरी भगवाननगरमा रहेको वृद्धाश्रममा आश्रित १७ जना वृद्ध–वृद्धाको सहयोगार्थ करिब एक लाख साठी हजार मूल्य बराबरको खाद्यान्न तथा अन्य सामग्री शनिबारको दिन वृद्धाश्रममा नै पुगि प्रदान गरिएको छ ।

लायन्स क्लब अफ वीरगन्ज सेन्ट्रल, लायन्स क्लब मिलेनियम एम जे एफ, संस्कृति गोल्ड र ग्रेट पीपलको संयुक्त आयोजनामा सम्पन्न खाद्यान्न वितरण कार्यक्रममा संस्कृति गोल्डकी अध्यक्ष सोनी अग्रवालले आश्रमका वृद्धवृद्धालाई आवश्यक सामग्री हस्तान्तरण गरिन्।

कार्यक्रममा पूर्व डिस्टिक गभर्नर डी.एन. अग्रवाल, सेन्ट्रलकी पूर्व अध्यक्ष मीरा खेतान, सीता अग्रवाल, कविता हालन, संगीता खेतान, मिलेनियम एमजेएफका अध्यक्ष बिनोद खंडेलवाल, सचिव रोशन गुप्ता, पी.बी. शाह, उषा शाह, सुशील चाचान, सुभास अग्रवाल, अमित सर्राफ, ग्रेट पीपलका सुनील केडिया, संस्कृति गोल्डकी सदस्य सुनीता अग्रवाल, लायन्स सदस्य प्रकाश थारू, समाजसेवी, पत्रकार तथा वृद्धाश्रमका व्यवस्थापकको सक्रिय उपस्थिति थियो।

कार्यक्रममार्फत वृद्धाश्रमका बासिन्दाहरूका लागि दाल–चामल, तेल, नुन, चिनी, मसला लगायत अत्यावश्यक सामग्री हस्तान्तरण गरिएको आयोजकले जनाएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै