ट्रेन्डिङ

महिला फुटबल प्रशिक्षक प्याट्रिक डे वाइल्डले पठाए राजीनामा

वीरगन्ज । नेपाली राष्ट्रिय महिला फुटबल टोलीका मुख्य प्रशिक्षक प्याट्रिक डे वाइल्डले राजीनामा दिएका छन्।

उज्बेकिस्तानमा भएको एएफसी महिला एसियन कप छनोटका क्रममा देखिएको विवाद र कप्तान चयनलाई लिएर टिम व्यवस्थापनसँगको मतभेदपछि उनले इमेलमार्फत राजीनामा पठाएको अखिल नेपाल फुटबल संघ (एन्फा) स्रोतले जनाएको छ।

एन्फाले उज्बेकिस्तानको घटनाबारे स्पष्टीकरण माग गर्दै पत्र पठाएको जवाफमा वाइल्डले राजीनामा नै दिएका हुन्। एन्फा अध्यक्ष पंकज नेम्वाङ हाल बाहिर रहेकाले राजीनामाबारे निर्णय हुन बाँकी छ।

उज्बेकिस्तानमा भएको छनोटमा नेपालले श्रीलंका र लाओसलाई हराए पनि आयोजक उज्बेकिस्तानसँग ३–३ गोलको बराबरी खेल्दै टाइब्रेकरमा पराजित भई एसियन कपमा छनोट हुन सकेन। वाइल्डले एक अन्तर्वार्तामा एन्फा नसुध्रिए आफू नेपाल नफर्कने बताएका थिए। यता, नेपाली टोली स्वदेश फर्किएपछि टोलीका पदाधिकारीहरूले पत्रकार सम्मेलन गरी वाइल्डलाई नै सबै विवादको मुख्य दोषी ठहराएका थिए।

प्रो लाइसन्स प्राप्त प्रशिक्षक प्याट्रिक गत जेठ २२ गते एक वर्षका लागि नेपाली राष्ट्रिय महिला फुटबल टिमको मुख्य प्रशिक्षक नियुक्त भएका थिए ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै