वीरगन्ज । बाराबाट ९ जना जुवाडे पक्राउ परेका छन् ।
विशेष सूचनाको आधारमा प्रहरीले जितपुरसिमरा उपमहानगरपालिका-२ जानकी टोलबाट उनीहरुलाइ पक्राउ गरेको हो ।
स्थानीय केशव सुनुवारको घरमा जुवातासको खेल भइरहेको सूचना प्रहरीलाइ आएको थियो । सोही सूचनाको आधारमा इलाका प्रहरी कार्यालय सिमराबाट प्रहरी निरिक्षक सुभास साहको कमाण्डमा खटिएको टोलीले छापामारी उनीहरुलाइ रंगेहात पक्राउ गरेको हो ।
प्रहरीले घरको तेस्रो तल्लाको कोठामा तास खेलिरहेका ९ जनालाइ पक्राउ गरेको डिएसपी बिजयराज पण्डितले जानकारी दिए । पक्राउ परेकाहरुको साथबाट १ लाख ५४ हजार ६८० रुपैँया नगद समेत बरामद भएको उनको भनाइ छ ।
पक्राउ पर्नेहरुमा जितपुरसिमरा-१ बस्ने सुसन खाती सुनार, वडा नम्बर २ बस्ने बलराम बिश्वकर्मा, सुमन कुमार भट्टराई, अभय कुमार श्रीवस्ताव, केशव सुनुवार, थहल वहादुर बिश्वकर्मा, शिवजी प्रसाद साह छन् ।
यसैगरी प्रहरीले वडा नम्बर १ निवासी राजकुमार भट्टराई तथा वडा नम्बर २ बस्ने बलराम कुमार क्षेत्रीसमेतलाई नियन्त्रणमा लिएको डिएसपी पण्डितले बताए ।
पक्राउ परेकाहरुमाथि आवश्यक कारवाही प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिएको छ ।