ट्रेन्डिङ

रास्वपा प्रदेशसभा खारेज गर्ने पक्षमा छ : प्रवक्ता मनीष झा

वीरगन्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रदेशसभा खारेज गर्ने पक्षमा रहेको प्रवक्ता मनीष झाले स्पष्ट पारेका छन्।

काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै झाले प्रदेशको अस्तित्व कायम राख्दै प्रदेशसभा विघटन गर्ने पार्टीको नीति रहेको बताए।

प्रवक्ता झाका अनुसार, प्रदेशसभा खारेज गरेर प्रदेश र स्थानीय तहबीचको समन्वय बढाउने रास्वपाको योजना छ। उनले भने, ‘प्रदेश रहन्छ, प्रदेशसभा खारेज गर्न चाहन्छौँ। त्यो प्रदेशको सभामा पुग्ने त्यही प्रदेशको स्थानीय तह। कोशीमा १३७, मधेशमा १३६ पालिकाहरूको प्रतिनिधि पुगेर सभा गर्छ। त्यसपछि प्रदेश र स्थानीयको तादाम्यता एक अर्काको कोर्डिनेशन झनै प्रभावकारी हुन्छ। अहिले त एक अर्काले चिन्ने चाहँदैन, बुझ्नै चाहँदैन। यसरी हामीले हाम्रो योजना र नीतिहरूको व्याख्या गर्न सक्नुपर्छ।’

यसैगरी, संघीय सरकारमा रहेका २१ वटा मन्त्रालयलाई १५ मा झार्ने लक्ष्य पनि रास्वपाले लिएको झाको भनाइ छ।

प्रवक्ता झाले लगभग ११२ वटा आयोग र नियोगहरू निष्क्रिय रहेको र तिनको कुनै काम नभएको जिकिर गरे। उनले ती अनावश्यक निकायहरू बन्द गर्दा ठूलो मात्रामा खर्च बचत हुने बताए। ‘विभिन्न कालखण्डमा बनाइएको आयोग र नियोगहरू छन्, अहिले पनि त्यसको गाडी चल्ने पदाधिकारी, कर्मचारी, अफिस खर्च छ। तर त्यसको काम छैन। ११२ वटा बन्द गरिदिने बित्तिकै हाम्रो वार्षिक दुई चार अर्ब बचिहाल्छ। त्यो कुन कुन हटाउने यसरी हामीले तर्क र तयारीहरू गर्नुपर्छ,’ उनले थपे।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै