ट्रेन्डिङ

सप्तरीको छुट्टाछुट्टै स्थानमा एक बृद्धा सहित दुई जनाको शव फेला

सप्तरी । जिल्लाको छुट्टाछुट्टै स्थानमा शनिबार एक बृद्धा सहित दुई जनाको शव फेला परेको छ।

जिल्ला अग्नीसाईर कृष्णासवरन गाउँपालिका वडा नं. ४ टेङगरीमा शनिबार बिहान खेतमा सिचाइ गरिरहेको अवस्थामा करेन्ट लागेर एक जना बृद्धाको ज्यान गएको छ ।

स्थानिय बैद्यनाथ यादवकी ७० बर्षीय पत्नी उर्मीला देवी यादवको करेन्ट लागेर मृत्यु भएको इलाका प्रहरी कार्यालय कंचनपुरका प्रहरी नायव उपरिक्षक माधव प्रसाद काफलेले जनाकारी दिए ।
प्रहरीका अनुसार पानी तान्ने विद्युतिय मेसिन प्रयोग गरि धान खेतमा सिचाइ गर्ने क्रममा बृद्धालाई करेन्ट लागेको हो । करेन्टबाट उनको घटनास्थलमै ज्यान गएको प्रहरीको भनाई छ ।

त्यस्तै सोही पालिकाको वडा नं. ४ स्थित रहेको राजविराज– कंचनपुर हुलाकी सडकको छेउमा रहेको रुख झुन्डिएको अवस्थामा एक युवकको शव फेला परेको छ।

स्थानीय बौवालाल साहको छोरा अन्दाजी बर्ष १९ को अरबिन्द साह झुण्डिएको अवस्थामा मृत फेला परेको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। मृतक दुवै जनाको शवको पोष्टमार्टमका लागि जिल्ला सदरमुकाम राजबिराज पठाएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै