ट्रेन्डिङ

पूर्वराष्ट्रपति भण्डारीबारे एमाले ‘उचित समय’मा निर्णय लिने

वीरगन्ज । नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको राजनीतिक भूमिकाबारे उचित समयमा निर्णय लिने बताएको छ।

पार्टीको पोलिटब्युरो बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले अध्यक्ष केपी शर्मा ओलीले यस विषयलाई गम्भीर रूपमा लिएको जानकारी दिए।

गौतमले ओलीको भनाइ उद्धृत गर्दै भने, ‘राष्ट्रपतिजस्तो गरिमामय पदमा पुगिसकेको व्यक्तिले, परमाधिपति भइसकेको, देशको सर्वोच्च पदमा पुगेको, देशको गणतन्त्रको गौरवको रूपमा रहेको व्यक्ति राजनीतिमा आएर प्रवेश गर्ने एउटा गम्भीर विषय हो। यसलाई पार्टीले उचित समयमा निष्कर्ष निकालेर निर्णय लिन्छ।’ यस भनाइले एमाले पूर्वराष्ट्रपति भण्डारीको राजनीतिक सक्रियतालाई सामान्य रूपमा नलिएको संकेत गर्छ।

गौतमका अनुसार, पार्टीमा कसैलाई बोल्न कुनै बन्देज लगाइएको छैन। सचिवालय बैठकमा व्यापक छलफल भएपछि आजको पोलिटब्युरो बैठकमा पनि सबै सदस्यलाई आ–आफ्नो धारणा राख्न दिइएको उनले बताए।

भण्डारीबारे आवश्यक निर्णय भने केन्द्रीय कमिटीले लिने गौतमले स्पष्ट पारे। आजको पोलिटब्युरो बैठकमा ७ जना नेताले आफ्नो धारणा राखेका छन् भने भोलि बिहान ११ बजेबाट बैठक निरन्तर चल्नेछ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै