ट्रेन्डिङ

एमाले पोलिटब्युरो बैठक सुरु, पदाधिकारी संख्या घटाउने र केन्द्रीय कमिटी बढाउने प्रस्तावमा छलफल

वीरगन्ज । नेकपा एमालेको पोलिटब्युरो बैठक पार्टी मुख्यालय च्यासलमा जारी छ।

यस बैठकको मुख्य एजेण्डा बिहीबारको सचिवालय बैठकबाट पारित विधान संशोधन प्रस्ताव रहेको छ। हाल ९९ सदस्यीय पोलिटब्युरो कमिटी रहेको एमालेमा यो बैठक महत्वपूर्ण मानिएको छ।

बिहीबार मध्यरातमा सकिएको सचिवालय बैठकले पार्टी पदाधिकारीको संख्या घटाउने विषयमा छलफल गरेको थियो। सुरुमा १९ सदस्यीय पदाधिकारीलाई ११ जनामा सीमित गर्ने प्रस्ताव गरिएको भए पनि छलफलका क्रममा १५ जना पुर्‍याउने अनौपचारिक सहमति भएको छ।

यस प्रस्तावित संरचनामा वरिष्ठ उपाध्यक्ष पद हटाएर अध्यक्ष, महासचिव, एक उपमहासचिव, पाँच उपाध्यक्ष र सात सचिव रहने प्रस्ताव गरिएको छ।

पार्टी उपाध्यक्ष तथा विधान संशोधन समितिका संयोजक विष्णुप्रसाद पौडेललाई परिमार्जित विधान मस्यौदाको प्रस्ताव पोलिटब्युरोमा ल्याउने जिम्मा दिइएको छ। सचिवालयमा पौडेलले सुरुमा १९९ सदस्यीय केन्द्रीय कमिटीको प्रस्ताव गरे पनि पछि त्यसलाई २५१ सदस्यीय बनाउने निर्णय भएको छ।

नयाँ विधानअनुसार, केन्द्रीय कमिटीका एक तिहाइ सदस्य पोलिटब्युरोमा रहनेछन्, जसले गर्दा हालको ९९ सदस्यीय पोलिटब्युरो कमिटीलाई ८३ सदस्यमा झारिने बताइएको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै