ट्रेन्डिङ

पर्सामा राष्ट्रिय परिचयपत्र सेवाको समय परिवर्तन : अब बिहान १० बजेदेखि सेवा प्रवाह हुने

वीरगन्ज । जिल्ला प्रशासन कार्यालय, पर्साले राष्ट्रिय परिचयपत्र वितरण सेवाको समयमा परिवर्तन गरेको छ।

अब साउन ४ गते आइतबारदेखि राष्ट्रिय परिचयपत्रको विवरण दर्ता कार्य बिहान १० बजेदेखि कार्यालय समयभित्र मात्र सञ्चालन गरिने भएको छ।

यसअघि, जिल्ला प्रशासन कार्यालय, पर्साबाट राष्ट्रिय परिचयपत्रको सेवा बिहान ७ः३० बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुँदै आएको थियो। प्रशासकीय अधिकृत दिपक कुमार पटेलद्वारा जारी सूचनाअनुसार, परिवर्तित समयबारे सम्बन्धित सबैलाई जानकारी गराइएको छ।

 

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै