ट्रेन्डिङ

पर्सामा खानेपानी संकट चुलिँदै, जिल्ला प्रशासनद्वारा ट्याङ्करमार्फत वितरण सुरु

वीरगन्ज । पछिल्लो समय पर्सा जिल्लाका विभिन्न स्थानमा खानेपानीको चरम अभाव देखिएपछि जिल्ला प्रशासन कार्यालय, पर्साले खानेपानी वितरण कार्य सुरु गरेको छ।

मधेश प्रदेश सरकारबाट उपलब्ध गराइएका ट्याङ्करहरू परिचालन गरी जिल्ला विपद् व्यवस्थापन समितिको निर्णयानुसार आजदेखि पानी वितरण थालिएको हो।

जिल्ला प्रशासन कार्यालयद्वारा जारी सूचना अनुसार, नेपाली सेनाको श्रीजंग गण, पर्साबाट परिचालन हुने ट्याङ्करहरूले बिहान ५ बजेदेखि राती १० बजेसम्म खानेपानी वितरण गर्नेछन्। खानेपानीको समस्या भएका व्यक्ति तथा टोलवासीहरूलाई जिल्ला विपद् व्यवस्थापन समितिको टोल फ्री हटलाइन नम्बर ९८५५०१७९९७ मा फोन गरी जानकारी गराउन अनुरोध गरिएको छ।

यस विषयमा थप जानकारी एवं गुनासोका लागि प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको नम्बर ९८५५०७७७७७ मा समेत फोन गर्न सकिने व्यवस्था मिलाइएको छ। प्रमुख जिल्ला अधिकारी अर्यालले ‘व्यवसायीक र सिर्जनशील प्रशासन ः विकास, समृद्धि र सुशासन’ को प्रतिबद्धता व्यक्त गर्दै नागरिकलाई आवश्यक सहयोगका लागि प्रशासन सदैव तत्पर रहेको बताएका छन्। खानेपानीको अभावले गर्दा स्थानीय बासिन्दाले भोग्नुपरेको समस्यालाई मध्यनजर गर्दै यो कदम चालिएको हो।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै