ट्रेन्डिङ

मधेश प्रदेशमा आज भारी वर्षा र हुरीको सम्भावना, सतर्क रहन आग्रह

वीरगन्ज । जल तथा मौसम पूर्वानुमान महाशाखाले मधेश प्रदेशमा आज दिनभर र राति पनि भारी वर्षा र हुरी बतास चल्ने सम्भावना रहेको जनाएको छ।

हाल देशभर मनसुनी वायुको प्रभाव रहेकोले मधेश प्रदेशमा पनि त्यसको असर देखिनेछ।महाशाखाका अनुसार आज दिउँसो मधेश प्रदेशका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। विशेषगरी, मधेश प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुने पूर्वानुमान गरिएको छ।

यसका साथै, मधेश प्रदेशको केही स्थानमा हुरी चल्ने सम्भावना पनि छ। आज राति पनि मधेश प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहनेछ। मधेश प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। महाशाखाले जारी गरेको बिहान ६ बजेको बुलेटिनअनुसार, मधेश प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना कायमै छ। राति पनि मधेश प्रदेशका केही स्थानमा हुरी चल्ने सम्भावना रहेको छ।

सम्भावित भारी वर्षाका कारण तराई क्षेत्रमा डुबानको जोखिम रहेकाले सर्वसाधारणलाई सावधान रहन महाशाखाले अनुरोध गरेको छ। ठूला तथा साना नदीनाला र खोलामा पानीको सतह बढ्न सक्ने चेतावनी पनि दिइएको छ।

मौसमको प्रतिकूल प्रभावका कारण दैनिक जनजीवन, कृषि कार्य, स्वास्थ्य सेवा, पर्यटन र नदी क्षेत्र आसपासका सडक तथा हवाई यातायात समेत प्रभावित हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन र पूर्वतयारी गर्न स्थानीय प्रशासन तथा सर्वसाधारण सबैमा अनुरोध गरिएको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै