ट्रेन्डिङ

सङ्घीय मामिलामन्त्री न्यौपानेको शपथ साँझ ६ बजेलाई सर्‍यो, के कारणले भयो ढिलाइ ?

वीरगन्ज । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेको शपथ ग्रहण समारोहको समय परिवर्तन भएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सुरुमा आज दिउँसो ३ बजेका लागि तोकेको शपथ समारोह अब तीन घण्टा पछि सरेर साँझ ६ बजे हुने भएको छ। राष्ट्रपति कार्यालयले यसको पुष्टि गरेको छ।

मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले न्यौपानेलाई मन्त्री नियुक्त गरेका थिए। यसअघि सामान्य प्रशासन मन्त्री रहेका राजकुमार गुप्ताले राजीनामा दिएपछि उक्त पद रिक्त भएको थियो। नयाँ मन्त्रीको शपथ समयमा भएको यो परिवर्तनबारे भने आधिकारिक कारण खुलाइएको छैन। यद्यपि, यस्ता प्रशासनिक फेरबदल सामान्य मानिन्छन्।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै