ट्रेन्डिङ

भगवती न्यौपाने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री नियुक्त

वीरगन्ज । राष्ट्रिय सभा सदस्य भगवती न्यौपाने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीमा नियुक्त भएकी छन् ।

नेकपा एमालेका तर्फबाट राष्ट्रिय सभा सदस्य रहेकी न्यौपानेलाई राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा मन्त्री पदमा नियुक्त गरेका हुन् ।

यसअघि मङ्गलबार बिहान मात्रै सोही मन्त्रालयबाट राजकुमार गुप्ताले राजीनामा दिएका थिए । गुप्ताको राजीनामालगत्तै रिक्त रहेको मन्त्री पदमा न्यौपानेलाई नियुक्त गरिएको हो । राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले विज्ञप्ति जारी गर्दै न्यौपानेले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको कार्यभार सम्हाल्ने गरी जिम्मेवारी पाएको जानकारी दिएकी छन् ।

न्यौपाने २०७६ सालमा गण्डकी प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएकी थिइन् । राष्ट्रिय सभा सदस्यका रूपमा उनको कार्यकाल आगामी २० फागुनसम्म रहेको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै