ट्रेन्डिङ

साउथ जोन सेकेन्डरी स्कूलमा विद्यार्थी शपथ तथा वार्षिक पुरस्कार वितरण समारोह सम्पन्न

वीरगन्ज । वीरगन्जको साउथ जोन सेकेन्डरी स्कूलमा विद्यार्थी पदाधिकारी शपथ तथा वार्षिक पुरस्कार वितरण समारोह भव्यताका साथ सम्पन्न भएको छ।

‘A dwelling to craft all aptitude and morality’ भन्ने नारालाई आत्मसात् गर्दै विद्यालयले शैक्षिक सत्र २०८२ का लागि नव–निर्वाचित विद्यार्थी कल्याणकारिणी परिषद्का पदाधिकारीहरूलाई शपथ ग्रहण गराएको हो।

कार्यक्रममा नवनिर्वाचित क्याप्टेन्स र हाउस लिडर्स (गार्नेट, सिट्रिन, साफायर, र एमराल्ड हाउस)ले विद्यालय र विद्यार्थी हितमा जिम्मेवारीपूर्वक काम गर्ने शपथ लिएका थिए । वीरगन्ज महानगरपालिका शिक्षा महाशाखा प्रमुख आनन्द लामिछानेको प्रमुख आतिथ्यमा विद्यार्थीहरूलाई शपथ गराइएको थियो ।

सोही अवसरमा शैक्षिक, खेलकुद, अनुशासन, नियमित उपस्थिति, सांस्कृतिक योगदान तथा नेतृत्वका विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई पुरस्कार र प्रमाणपत्र वितरण गरियो । गत सत्रमा विशेष उपलब्धि हासिल गर्ने विद्यार्थीहरूलाई ‘मायाको चिनो’ समेत प्रदान गरिएको थियो ।

विद्यालयका प्रिन्सिपल सरोज प्रसाद चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उनले विद्यालय शिक्षाको मात्र नभई व्यक्तित्व विकास र नैतिक मूल्यहरूको प्रशिक्षणस्थल पनि भएको बताए । उनले आज शपथ लिने विद्यार्थीहरू नै भोलिका उत्तरदायी नागरिक भएकोमा जोड दिए ।

कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद् मधेश प्रदेशका सचिव शिवजी गुप्ता, नेपाल इनोभेट सोसाइटी वीरगन्जका अध्यक्ष कमल चौगाई, प्याब्सनका पूर्व केन्द्रीय सदस्य प्रकाश कुमार उपाध्याय लगायतका विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो । विद्यालयका प्रशासन प्रमुख अशोक सङग्रौलाले सञ्चालन गरेको यस कार्यक्रममा विद्यार्थीहरूले मार्च पास र विविध मनोरञ्जनात्मक प्रस्तुतिहरू पनि दिएका थिए ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै