ट्रेन्डिङ

बैङ्किङ कसुरमा फरार अभियुक्त भरत चौलागाईं निजगढमा पक्राउ

बारा । १ करोड ३२ लाख रुपैयाँको बैङ्किङ कसुर मुद्दामा लामो समयदेखि फरार रहेका भरत चौलागाईं बाराको निजगढबाट पक्राउ परेका छन्।

निजगढ नगरपालिका–१ सिंगौलका ४३ वर्षीय चौलागाईंलाई आइतबार इलाका प्रहरी कार्यालय निजगढको टोलीले गोप्य सूचनाको आधारमा उनकै गाउँघरबाट घुमफिर गरिरहेको अवस्थामा नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालय बाराका निमित्त सूचना अधिकारी प्रहरी नायब निरीक्षक खेमप्रसाद नेपालले जारी गरेको विज्ञप्ति अनुसार, काठमाडौँ जिल्ला अदालत बबरमहलबाट चौलागाईंविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो। प्रहरी निरीक्षक जीवन लामिछानेको नेतृत्वमा खटिएको टोलीले चौलागाईंलाई पक्राउ गर्न सफल भएको हो।

पक्राउपछि चौलागाईंलाई थप कानुनी कारबाहीका लागि सिमरा विमानस्थल हुँदै काठमाडौँ प्रहरी परिसरमा बुझाइएको प्रहरीले जनाएको छ। बैङ्किङ कसुरमा ठूलो रकमको संलग्नता देखिएकाले उनीमाथि गहिरो अनुसन्धान अघि बढाइएको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै