जनकपुरधाम । धनुषाको मिथिला बिहारी नगरपालिका–४ रमौलमा शनिबार राति भएको मोटरसाइकल दुर्घटनामा परी चालकको मृत्यु भएको छ।
दुर्घटनामा हंसपुर नगरपालिका–४ मधुकरीका ३० वर्षीय उदय राउतको ज्यान गएको हो।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार, राति रमौलबाट ललियातर्फ आउँदै गरेको मधेश प्रदेश–०२–००५ प ८८४२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटनामा परेको थियो। दुर्घटनामा गम्भीर घाइते भएका राउतलाई तत्काल प्रादेशिक अस्पताल जनकपुर पुर्याइएको थियो। तर, उपचारकै क्रममा उनको निधन भएको प्रहरीले जनाएको छ।
प्रहरीले घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको बताएको छ।