ट्रेन्डिङ

इरान र गाजामाथि इजरायली हमलाको विरोधमा १२ कम्युनिष्ट पार्टीको काठमाडौंमा प्रदर्शन

वीरगन्ज । इजरायलले गाजामा प्यालेस्टिनी जनतामाथि गरिरहेको नरसंहार र हालै इरानमाथि भएको हमलाको विरोधमा काठमाडौंमा वृहत प्रदर्शन भएको छ।

नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टीसहित १२ कम्युनिष्ट पार्टी तथा समूहहरूले आज संयुक्त रूपमा विरोध प्रदर्शन गरेका हुन्।

प्रदर्शनकारीहरूले ‘साम्राज्यवादी युद्ध बन्द गर, विश्व शान्ति कायम गर’ लगायतका नाराहरू लगाउँदै शान्ति बाटिका (रत्नपार्क)बाट र्‍याली सुरु गरेका थिए। र्‍याली जमल, घण्टाघर, बागबजार, पुतलीसडक हुँदै प्रदर्शनी मार्गमा पुगेर सभामा परिणत भएको थियो। प्रदर्शनमा सहभागी कम्युनिष्ट नेता तथा कार्यकर्ताहरूले इजरायलको कारबाहीलाई अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन र मानवीय अपराधको संज्ञा दिएका छन्।

नेपालका कम्युनिष्ट शक्तिहरूले प्यालेस्टाइनको पक्षमा र इजरायलको कारबाहीको विरोधमा अन्तर्राष्ट्रिय समुदायलाई एकजुट हुन आह्वान गरेका छन्। उनीहरूले इजरायललाई तत्काल युद्धविराम गरी गाजामा मानवीय सहायता पुर्‍याउन दिनुपर्ने माग गरेका छन्। इरानमाथि भएको हमलाले मध्यपूर्वमा थप तनाव बढाउने भन्दै उनीहरूले यसलाई तत्काल रोक्न सम्बन्धित पक्षलाई आग्रह गरेका छन्।

यो प्रदर्शनले नेपालका कम्युनिष्ट पार्टीहरूबीच विदेश नीतिका केही मुद्दामा साझा धारणा रहेको र अन्तर्राष्ट्रिय घटनाक्रममा आफूलाई मुखरित गरिरहने सन्देश दिएको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै