ट्रेन्डिङ

रसुवागढी बाढी : बेपत्ताको संख्या २० पुग्यो, भौतिक पूर्वाधार ध्वस्त

वीरगन्ज । रसुवामा आएको विनाशकारी बाढीका कारण अलपत्र परेका र जोखिममा रहेका नागरिकहरूको उद्धार कार्य तीव्र पारिएको छ।

प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलका अनुसार, अहिलेसम्म ३४ हेलिकप्टर उडानमार्फत १३६ जनालाई उद्धार गरिएको छ, जसमध्ये अधिकांश विदेशी नागरिक छन्। बिहानैदेखि तीनवटै सुरक्षा निकायको संयुक्त टोलीले १५० भन्दा बढी व्यक्तिलाई स्कर्टिङ गरी सुरक्षित स्थानमा पुर्‍याएको छ।

यसैबीच, उद्धार कार्यमा खटिएका सशस्त्र प्रहरी बलका सहायक हवल्दार विशाल थापा गोसाईंकुण्ड गाउँपालिका–३ लिङलिङमा भिरबाट खसेर गम्भीर घाइते भएका छन्। उनको टाउको र घुँडामा चोट लागेको छ र नेपाली सेनाको हेलिकप्टरमार्फत थप उपचारका लागि बलम्बुस्थित सशस्त्र प्रहरी अस्पताल ल्याउने तयारी भइरहेको छ।

गृहमन्त्री रमेश लेखकले बुधबारको प्रतिनिधिसभा बैठकमा बाढीबाट भएको क्षतिबम्बारे जानकारी गराएका छन् । उनका अनुसार, लेन्दे खोला हुँदै भोटेकोसीमा आएको भीषण बाढीका कारण रसुवागढीमा मानवीय र भौतिक दुवै ठूलो क्षति पुगेको छ। हालसम्म २ जना नेपाल प्रहरी, ११ जना सर्वसाधारण नेपाली र ६ जना चिनियाँ नागरिकसहित १९ जना बेपत्ता छन्। त्रिशूली किनारमा धादिङ र नुवाकोटमा गरी ५ वटा शव/अंग फेला परेका छन्, जसमा भरतपुरमा फेला परेका प्रहरी सहायक निरीक्षक लालबहादुर श्रेष्ठको शवसहित बेपत्ताको संख्या २० पुगेको छ।

बाढीले मितेरी पुल बगाउनुका साथै स्याफ्रुबेसीदेखि टिमुरेसम्मको सडक अवरुद्ध भएको छ। सुख्खा बन्दरगाह भन्सारका २३ ट्रक, ३५ विद्युतीय गाडी र ६ वटा सिनो ट्रक बगाएको छ। रसुवागढी हाइड्रो र त्रिशूली थ्रीडी जलविद्युत आयोजनामा पनि क्षति पुगेको छ भने संयुक्त जाँच चौकीसमेत क्षतिग्रस्त भएको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै