ट्रेन्डिङ

बारामा चैते धानको उत्पादन बढ्यो, तर मूल्य घट्यो

बारा । बारा जिल्लामा यस वर्ष चैते धानको उत्पादनमा उल्लेखनीय वृद्धि भएको छ।

किसानहरूले कुल ९१ हजार ८०० मेट्रिक टन धान उत्पादन गरेका छन्, जुन गत वर्षको तुलनामा बढी हो। कृषि ज्ञानकेन्द्र बाराका प्रमुख राजनारायणप्रसाद साहका अनुसार, यस वर्ष १८ हजार हेक्टर क्षेत्रफलमा विभिन्न जातका चैते धान खेती गरिएको थियो।

गत वर्ष १६ हजार हेक्टर क्षेत्रफलमा चैते धानको खेती गरिएको थियो, जसअनुसार यस वर्ष खेती गरिएको क्षेत्रफलमा वृद्धि भएको कृषि ज्ञानकेन्द्रका अर्थ विज्ञ गणेश महराले जानकारी दिए ।

उत्पादन बढे पनि यस वर्ष किसानहरूले उचित मूल्य पाउन सकेका छैनन्। हाल कलैया बजारमा किसानहरूले चैते धान प्रतिक्विन्टल दुई हजार २०० रुपैयाँमा बिक्री गरिरहेका छन्। यो गत वर्षको प्रतिक्विन्टल तीन हजार रुपैयाँको तुलनामा ठूलो गिरावट हो। उत्पादनमा वृद्धि भए पनि मूल्यमा आएको कमीले किसानहरू चिन्तित बनेका छन्।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै