ट्रेन्डिङ

गण्डक प्रहरीद्वारा अवैध कपडा र काजुसहित ट्रक नियन्त्रण, तीन जना पक्राउ

वीरगन्ज । पर्साको वीरगन्ज महानगरपालिका(१४ नर्सिङ माध्यमिक विद्यालय नजिकैबाट प्रहरीले भन्सार छली गरी ल्याइएको ठूलो परिमाणको कपडा र काजुसहित एउटा ट्रक नियन्त्रणमा लिएको छ। यस क्रममा प्रहरीले ट्रकमा सवार तीन जनालाई पनि पक्राउ गरेको छ।

मंगलबार बिहान करिब ३ः४५ बजेको समयमा जयसवाल इँटा उद्योग, रौतहटबाट इँटा लोड गरी काठमाडौंतर्फ जाँदै गरेको प्रदेश नम्बर २–०३–००१ ख ५६०९ नम्बरको ट्रकलाई प्रहरी चौकी गण्डक पर्साबाट प्रहरी नायब निरीक्षक अर्जुन कुमार पण्डितको कमान्डमा खटिएको टोलीले विशेष सूचनाका आधारमा रोकेको थियो।

चेकजाँचका क्रममा इँटाभित्र लुकाएर राखिएको बोरामा प्याक गरिएका १५ पोका कपडा र ८ पोका काजु फेला परेको प्रहरीले जनाएको छ। यी सामान अवैध रूपमा भन्सार छली गरी ल्याइएको पाइएको हो।

प्रहरीले नियन्त्रणमा लिएका तीन जनामा ट्रक चालक २८ वर्षीय निकेश राउत कुर्मी, बारा निजगढ न.पा. वडा नं– ४, सोही ट्रकका सह–चालक २४ वर्षीय सागर परियार, र सोही स्थानका ट्रकमा घुम्न आएका ३८ वर्षीय विष्णु पाठक रहेका छन्।

पक्राउ परेका व्यक्तिहरू, ट्रक र बरामद गरिएका अवैध सामानलाई थप आवश्यक कारबाही तथा अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय पर्सा पठाइएको छ। बरामद गरिएका कपडा र काजुको हालसम्म मूल्य खुलेको छैन। प्रहरी चौकी गण्डकबाट करिब ३ किलोमिटर दक्षिणमा पर्ने स्थानबाट उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। घटनाबारे थप विवरण अनुसन्धानपछि सार्वजनिक गरिनेछ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै