ट्रेन्डिङ

पत्रकारमाथि दुर्व्यवहार : स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

वीरगन्ज । जिल्ला जनस्वास्थ्य कार्यालय पर्साका स्वास्थ्य अधिकृत जयमोद ठाकुरले पत्रकारमाथि दुर्व्यवहार गरेको आरोपमा पर्सा प्रहरीले उनलाई नियन्त्रणमा लिएको छ ।

पत्रकारहरूले ठाकुरविरुद्ध उजुरी दिएपछि जिल्ला प्रहरी कार्यालय पर्साले नियन्त्रणमा लिएको हो ।

यद्धपी प्रमुख प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्रले ठाकुरलाई छलफलका लागि बोलाएको बताए ।

हिजो दिउँसो वीरगन्जको क्लासिक ब्यान्क्वेटमा रिपोर्टिङका लागि पुगेका पत्रकारहरुलाई ठाकुरले मदिरा सेवन गरी कार्यक्रमस्थलमा आएर दुर्व्यवहार गरेको पत्रकारहरुको आरोप छ ।

पत्रकार सन्तोषकुमार कुशवाहा लगायत पत्रकारहरू आरोहणकुमार साह, राजु बैठा, राकेशकुमार साह, अर्जुन चौधरी, आनन्दकुमार पटेल लाई स्वास्थ्य अधिकृत जयमोद ठाकुरले अपशब्द प्रयोग गर्दै दुर्व्यवहार गरेका थिए।

यस घटनाले पत्रकार समुदायलाई आक्रोशित बनाएको छ। संयोजक ठाकुरलाई सामान्यतया पर्साका पत्रकारहरूसँग राम्रो सम्बन्ध भएको मानिन्छ, तर यस घटनाले पत्रकारहरू आक्रोशित भएका छन्। नेपाल पत्रकार महासंघ पर्सा शाखाले यस विषयमा गम्भीर चासो देखाएको छ।
पत्रकारका विभिन्न संघ–संगठनहरुले यो घटनालाई आपत्तिजनक भन्दै दुर्व्यवहार गर्ने स्वास्थ्य अधिकृतलाई तत्काल कानुनी कारबाहीको दायरामा ल्याउन माग गरेका छन् ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै